images
images
  • रविले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बनाए उल्लु

    काठमाडौं– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलनपछि बनेको सरकारले युवालाई रोजगारी र सुशासन दिन नसकेको आरोप लगाएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने सरकारको योजना कहाँ पुगेको भन्दै प्रश्न उठाए ।

    रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्वदेश फर्काउने अभियान चलाउने घोषणा गरिएको स्मरण गराए ।

    तर सरकार गठन भएको साढे चार महिनासम्म पनि एक जना युवालाई समेत फर्काउन नसकिएको भन्दै उनले सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाए ।

    आङ्देम्बेले सरकारका गतिविधिले युवाहरू फेरि निराशातिर फर्किन थालेको दाबी गर्दै विदेशबाट फर्किएका युवाको सीप, ज्ञान र पुँजीलाई उपयोग गर्ने ठोस ‘रिटर्नी युवा उद्यमशीलता’ नीति आवश्यक रहेको बताए ।

    यसका साथै पछिल्लो समय विपक्षी दलले रविले वैदेशिक रोजगारीमा भएका नेपालीलाई उल्लु बनाएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images