images
images
  • बालेनले भारतीय राजदूतसँग भेटेपछि रवि चीन जाँदै, सीले भेट देलान् ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ ७ देखि १४ गतेसम्म आठ दिने चीन भ्रमणमा जाने भएका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यो उनको पहिलो चीन भ्रमण हो ।

    प्रारम्भिक कार्यतालिकाअनुसार लामिछानेको चीनका राष्ट्रपति सी चिनफिङसँग भेट तय भएको छैन ।

    चिनियाँ प्रोटोकलअनुसार राष्ट्रपति वा सरकार प्रमुखसँग मात्र राष्ट्रपति भेट्ने भएकाले यस्तो भेट सम्भव नभएको बताइएको छ ।

    बेइजिङमा उनले उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी र सीपीसी विदेश विभागका प्रमुख लिउ हाइसिङसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने लामिछानेसँग उनकी पत्नी निकिता पौड्याल पनि रहनेछिन् ।

    बेइजिङपछि टोली कैलाश मानसरोवर जाने कार्यक्रम छ ।

    यसअघि प्रधानमन्त्री बालेनले भारत र चिनियाँ राजदूतसँग भेटवार्ता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images