images
images
  • मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका हुन् ।

    बैठकले नेपालभित्र उत्पादन वा पैठारी हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

    सरकारले यसलाई वातावरणमैत्री सार्वजनिक सेवाको प्रवर्द्धनका रूपमा लिएको जनाएको छ ।

    त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गरिएको छ ।

    शहीद घोषणा गरिएकामा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन् ।

    मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको छ ।

    यस निर्णयले नेपाल–पोर्चुगल द्विपक्षीय सम्बन्ध र कन्सुलर सेवामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    यसबाहेक, पूर्व महालेखापरीक्षक टंकमणि शर्मा ढुंगेलको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

    सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, सेवा प्रवाह, कूटनीतिक सहकार्य तथा सार्वजनिक चासोका विषयमा पारदर्शिता कायम गर्ने उद्देश्यले गरिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images