images
images
  • प्रधानमन्त्री बालेन सदनमा मानेनन् आउन : लत्याए सभामुखको आग्रह, भने– ‘विचार गरौँला’

    काठमाडौं– प्रतिनिधिसभाको बैठकअघि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सदनमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।

    करिब ४५ मिनेटको भेटमा सभामुखले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नियमित प्रश्नोत्तर र समसामयिक विषयमा सम्बोधन गर्नुपर्ने स्मरण गराएका थिए ।

    स्रोतका अनुसार सभामुखले प्रतिपक्षीको अवरोध हटाउन प्रधानमन्त्रीले एकपटक सदनमा बोल्नुपर्ने आग्रह गरे पनि शाहले ‘विचार गरौँला’ भन्दै स्पष्ट प्रतिबद्धता जनाएनन् ।

    दुवैबीच बर्खे अधिवेशन, बाँकी विधेयक र सदनमा उठेका समसामयिक विषयमा पनि छलफल भएको थियो ।

    प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलले जेठयतादेखि सदन अवरोध गर्दै आएका छन् ।

    विपक्षीले प्रधानमन्त्रीलाई उत्तरदायी बनाउन सभामुखले पर्याप्त पहल नगरेको आरोप लगाइरहेका छन् ।

    यसबीच सत्तापक्षभित्र पनि प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images