images
images
  • सभामुखले सदनमा आइदिन आग्रह गरेपछि प्रधानमन्त्रीले के दिए जवाफ ?

    काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा चालु अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

    स्रोतका अनुसार सभामुखले संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ, कम्तीमा सदनमा आएर जवाफ दिनुस् भन्दै आग्रह गरेका हुन् ।

    तर, प्रधानमन्त्री शाहले यसबारे स्पष्ट जवाफ नदिएको बताइएको छ ।

    प्रतिपक्षी दलहरूले लगातार प्रधानमन्त्रीको संसद् उपस्थितिको माग गर्दै आएका छन् ।

    मंगलबार कांग्रेस सांसद भरतबहादुर श्वारले पनि प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images