images
images
  • देउवाको स्वागतमा ७ हजार नेता–कार्यकर्ता उतार्ने तयारी

    काठमाडौं– करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ ।

    राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा स्वागत कार्यक्रमको तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

    देउवा साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

    आयोजक पक्षले देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरेको छ ।

    यसबारे थप तयारीका लागि मंगलबार दिउँसो २ बजे आयोजक समितिको बैठक पनि बस्ने बताइएको छ ।

    सिंगापुर उपचारका लागि फागुन १३ गते गएका देउवा राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा काठमाडौं फर्किन लागेका हुन् ।

    सर्वोच्च अदालतबाट आधिकारिकता विवादमा निस्सा पाएपछि देउवा–शशांक समूह उत्साहित बनेको छ ।

    उता संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा केन्द्रित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images