images
images
  • कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्ने देउवा पक्षको तयारी

    काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा पुग्ने भएको छ ।

    गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएको आदेशविरुद्ध पुनरावलोकनको अनुमति पाएपछि शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्षले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न नयाँ रिट दायर गर्ने तयारी गरेको हो ।

    देउवा पक्षले पुनरावलोकनको सुनुवाइ सुरुदेखि हुने भएकाले महाधिवेशन अघि बढाउन नमिल्ने दाबी गर्दै अन्तरिम आदेश माग्ने तयारी गरेको छ ।

    रिटको मस्यौदा तयार पार्न वरिष्ठ अधिवक्तालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

    उता, कांग्रेस सभापति गगन थापाले भने असोज १६–१९ मा तय गरिएको १५औँ महाधिवेशनको कार्यतालिका प्रभावित नहुने बताएका छन् ।

    वडा तहको अधिवेशन प्रक्रिया भदौ २ देखि सुरु गर्ने तयारी कांग्रेसले गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images