काठमाडौं– इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुन: खोलिने विषयमा अनिश्चितता कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सोमबार बिहान ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ ।
गत साता भने दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो । इरान र ओमानबीच छिट्टै सम्झौता हुने र त्यसपछि होर्मुज जलघाँटी पुन: खोलिने आशाका कारण तेलको मूल्यमा गिरावट आएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















