images
images
  • सरकार बाटो बिराए कान समात्ने क्षमता दलसँग छ : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलसँग त्यसलाई सच्याउने क्षमता रहेको बताएका छन् ।

    नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकार लिकबाट बाहिर गए पुनः लिकमा ल्याइने बताए। “सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले राख्छ,” उनले भने ।

    लामिछानेले राजनीतिक उतारचढावलाई ‘टर्बुलेन्स’सँग तुलना गर्दै त्यसलाई ठूलो संकटका रूपमा नलिन आग्रह गरे। “जहाज बादलमा छिर्दा हल्लिन्छ भन्दैमा दुर्घटना हुन्छ भनेर डर मान्नुपर्दैन,” उनले भने ।

    उनले प्रतिपक्षी दलहरूले अनावश्यक रूपमा जनतालाई त्रसित बनाउन खोजिरहेको आरोप पनि लगाए। “जग खन्ने बेला भएकाले अहिले सबै संरचना देखिँदैन, आत्तिनुपर्ने अवस्था छैन,” उनले बताए ।

    प्रधानमन्त्री बालेन शाहको नाम नलिई लामिछानेले सरकारको प्रतिबद्धता व्यक्तिसँग नभई इतिहास र आउने पुस्तासँग गरिएको वाचा भएको उल्लेख गरे। उनले सरकारलाई लक्ष्यभन्दा बाहिर जान नदिने र हाल सरकार त्यो सीमाभित्रै रहेको दाबी समेत गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images