काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति फेरिएको छ ।
अब उनी २८ साउन बिहीबार मध्यान्ह १२ः३० बजे थाई एयरबाट काठमाडौं आइपुग्ने भएका छन् ।
नेता डा.प्रकाशशरण महत र मीन विश्वकर्माका अनुसार यसअघि तय गरिएको २६ साउन रातिको उडान परिवर्तन गरिएको हो ।
राति आगमन हुँदा स्वागत गर्न असहज हुने भएकाले समय दिउँसो सारिएको उनीहरूले बताएका छन् ।
यता प्रहरीले उनी आउने मिति पर्खेर बसेको छ ।
देउवा दम्पती स्वदेश फर्किने बित्तिकै पक्राउ पर्न सक्ने आकलन गरिएको छ ।
उपचारका लागि सिंगापुर र त्यसपछि हङकङमा रहेका देउवाले २९ साउनदेखि हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्






















