images
images
  • नयाँ–पुराना र साना–ठूला दलहरूबीच बेमेल, फुटको डिलमा कांग्रेस, जुटको तयारीमा एमाले–नेकपा

    काठमाडौं– सत्ता, नेतृत्व र आन्तरिक शक्तिसन्तुलनको संघर्षले नेपाली राजनीतिमा फेरि तीव्रता लिएको छ ।

    यो समस्या अब केवल पुराना दलमा सीमित छैन, नयाँ र वैकल्पिक शक्तिहरू पनि गुटबन्दी, नेतृत्व टकराव र निर्णय प्रक्रियामाथिको असन्तुष्टिबाट प्रभावित देखिएका छन् ।

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछिको विवाद, एमालेमा नेतृत्व हस्तान्तरणको बहस, नेकपामा पार्टी सञ्चालनको शैलीमाथिको असन्तुष्टि र राप्रपामा नयाँ विभाजनले पुराना दलहरू दबाबमा छन् ।

    उता सरकारको नेतृत्व गरिरहेको रास्वपाभित्र प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच दूरी बढेको चर्चा चुलिएको छ ।

    श्रम संस्कृति पार्टीमा पनि संगठन विघटनको निर्णयपछि विवाद सतहमा आएको छ ।

    विश्लेषकहरूका अनुसार अधिकांश दलमा मुख्य समस्या नेतृत्वबीच विश्वासको कमी र भूमिकाको अस्वीकार हो ।

    विकास, सुशासन र सेवा प्रवाहभन्दा दलगत संघर्ष प्राथमिकतामा परेको जनधारणा बलियो बन्दै गएको छ ।

    यसैबीच जनमत, जसपा, आमजनता पार्टी र नागरिक उन्मुक्ति लगायतका साना दलहरू साझा मोर्चा बनाउने तयारीमा जुटेका छन् ।

    समग्रमा, पुराना र नयाँ दुवै दल समान प्रकारको आन्तरिक संकटबाट गुज्रिरहेका छन् ।

    नेतृत्व संघर्ष, गुटबन्दी र वैचारिक अस्पष्टताले दलहरू कमजोर बन्दै जाँदा जनतामा राजनीतिक प्रणालीप्रतिको विश्वास क्रमशः घट्दै गएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images