images
images
  • सदनमै रास्वपा विभाजन : रविपक्षका सांसद सरकारविरुद्ध आक्रोशित, बालेनको सत्तोसराप

    काठमाडौं– सत्तारूढ रास्वपाका सांसदहरूले नै प्रतिनिधिसभामा जनजीविकाका मुद्दा उठाउँदै वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

    यसलाई सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ ।

    सांसद मनिष झाले सरकारको नियतमा होइन, काम गर्ने ढंगमा कमजोरी देखिएको टिप्पणी गर्दै नेतृत्वले सिक्ने क्षमता राख्नुपर्ने बताए ।

    उनले मधेस, प्रवास र निजी क्षेत्र असुरक्षित महसुस गरिरहेको उल्लेख गरे ।

    ग्यास अभावको विषयमा इन्दिरा राना, रमेश प्रसाईं, पारसमणि गेलाल र कमल सुवेदीले सरकारको चर्को आलोचना गरे ।

    प्रसाईंले चुनावताका दिएको नो लाइन, अनलाइन नाराको सम्झना गर्दै अहिले ग्यासका लागि जनता रातभर लाइन बस्नुपरेको अवस्थाले आफूलाई लाज लागेको बताए ।

    अमरेश सिंहले उपचार, ग्यास, मल, रोजगार र औषधिको अभावबारे सरकार संवेदनशील नभएको प्रश्न उठाए ।

    काभ्रेका वृद्ध दम्पती बेपत्ता भएको घटनालाई उनले राज्यको असफलताको ऐनाका रूपमा चित्रण गरे ।

    टीका संग्रौलाले विपन्न नागरिकको सम्मानजनक अन्तिम संस्कारका लागि राज्यले न्यूनतम सहयोग सुनिश्चित गर्नुपर्ने माग गरिन् ।

    पछिल्ला दिनमा संसद र संसदीय समितिमा रास्वपाकै सांसदहरूले बालेन सरकारलाई लगातार प्रश्नको घेरामा पार्दै आएका छन् ।

    जसले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images