काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्री बन्नुअघि सरकारी तलब, सुविधा र गाडी नलिने घोषणा गरेका थिए ।
प्रारम्भमा उनले निजी गाडी प्रयोग गरे पनि पछि गृह मन्त्रालयले उपलब्ध गराएको स्कोडा र आफ्नै स्कार्पियो दुवै प्रयोग गर्न थाले ।
त्यसपछि गुरुङ आफैँ निर्वाचन आयोग पुगेर अर्को सुविधासम्पन्न टोयोटा ल्यान्डक्रुजर गृह मन्त्रालयमा ल्याएको खुलासा भएको छ ।
आयोगका अनुसार उक्त गाडी आयुक्तहरूले प्रयोग गर्ने गाडीमध्ये आवश्यक नभएको एउटा हो ।
गृह मन्त्रालयको पार्किङमै पूर्वगृहमन्त्रीहरूले प्रयोग गरेको अर्को ल्यान्डक्रुजर उपलब्ध हुँदाहुँदै नयाँ ल्यान्डक्रुजर रोजिएको विषयले गुरुङको सार्वजनिक प्रतिबद्धता र व्यवहारबीच प्रश्न उठाएको छ ।
हाल उनी मुख्य रूपमा निर्वाचन आयोगकै नाममा रहेको सो ल्यान्डक्रुजर प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















