images
images
  • कांग्रेस विशेष महाधिवेशन विवाद : देउवा समूहलाई सर्वोच्चबाट राहत, गगन पक्ष निराश

    काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनमा थप सुनुवाइ हुने निर्णय गरेको छ ।

    निवेदन अध्ययनका लागि प्रधानन्यायाधीश डा। मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको थियो ।

    पूर्ण इजलासले पुनरावलोकनको विषयमा सुनुवाइ अघि बढाउने आदेश दिएपछि उक्त मुद्दा अब थप न्यायिक प्रक्रियामा प्रवेश गरेको छ ।

    यो निर्णयलाई कांग्रेसभित्र देउवा पक्षका लागि राहतका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images