टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि नयाँ नेतृत्व निर्वाचित गर्दै मतदान सम्पन्न भएको छ ।
आज जुलाई ३० तारिख भएको मतदानबाट अध्यक्षमा शिवप्रसाद पौडेल र महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । जुलाई २७ तारिख तोकिएको मतदानको जुलाई ३० मा सारिएको थियो । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पारी निर्वाचित भएका हुन ।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन । त्यसैगरी निकटतम प्रतिस्पर्धी अनिता गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन । त्यसैगरी बरिस्ठ उपाध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन ।यस पटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका थिए ।
आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकि ८ बजे सम्पन्न भएको हो । उक्त निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासीहरुलाई पछि पार्दै शिव प्रसाद पौडेलले जितेका छन । जम्मा ९ हजार ३ सय ९३ मतदाता रहेको गैर आवासीय नेपाली संघ जापानको आसन्न निर्वाचनमा ३ हजार ३८ मतका साथ अध्यक्ष पदमा शिब प्रसाद पौडेलले जितेका हुन । निजका अधिकतम प्रतिद्वन्दीको रुपमा निबर्तमान बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गले १ हजार ८ सय ६९ मत ल्याएका थिए ।
त्यस्तै अध्यक्षका अन्य प्रतिसपर्धिहरुमा क्युस्युबाट उम्मेद्धारी दिएका किरण बर्माले १२२८ मत ल्याएका छन भने नरेनद्र बस्नेतले १२४५ मत ल्याएका थिए अर्का अध्यक्षका प्रत्यासी सरोज कुमार खत्रीले भने सबै भन्दा कम भोट १९१ मत मात्र ल्याएका छन । त्यस्तै बरिष्ठ उपाध्यक्षमा पनि चर्को प्रतिस्पर्धा देखिन्छ । बरिष्ठ उपाध्यक्षमा भने टोक्योबाट उम्मेद्धारी दिएका नबिन निउरेले जितेका छन । उनले अर्का प्रतिस्पर्धीलाई पछि पार्दै ३९९३ भोटका साथ बरिष्ठ उपाध्यक्ष पदमा बाजि मारेका हुन । त्यस्तै उपाध्यक्ष पदका लागि उम्मेद्धारी दिएका ११ जना मध्ये ४ जनाले मत आफ्नो पक्षमा पार्न सफल भएका छन । ४ जनाको मात्र पद रहेको उपाध्यक्ष पदमा ओसाकाबाट महेश कुमार कटुवाल, क्युस्युबाट रामकृष्ण श्रेष्ठ, नागोयाबाट राज कुमार अधिकारी र राम थापा अनिलले जितेका छन ।
त्यस्तै आज भएको अनलाईन निर्वाचनमा महिला उपाध्यक्ष पदको २ उम्मेद्धारी मध्ये निवर्तमान महिला संयोजक संगीता अधिकारी सुबेदीले बाजी मारेका छन । आगामी कार्यकाल २०२१–२०२३ कार्यकालको लागि भएको निर्वाचनबाट महासचिब पदमा भने निवर्तमान सिद्धार्थ श्रेष्ठले जीत हात पारेका छन । उनले आफ्ना प्रतिद्धन्दी अर्का प्रत्यासी टीकाराम खरेललाई पछि पार्दै ३७२२ मतका साथ जीत हात पारेका हुन । त्यस्तै कोषाध्यक्ष पदमा भने ओसाकाबाट उम्मेद्धारी दिएका ओसाकाका निवर्तमान संयोजक कृष्ण गैरे जितेका छन ।
गैर आवासीय नेपाली संघ जापानको आगामी कार्यकालको लागि युवा संयोजकको रुपमा राकेश लामाले मत आफ्नो पक्षमा पार्न सफल भएका छन । उनले अर्का प्रत्यासी राजेश खनाललाई पछि पार्दै ४६५२ मतका साथ बिजयी भएका हुन । आज सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमितिको ७ सदस्यहरुमा भने क्युस्युबाट उम्मेद्धारी दिएका प्रकाश लामिछाने, मोहन सिंह मडाई, चन्द्र कुमारी के.सी, राजु भण्डारी, लक्ष्मी के.सी महर्जन, दिलीप कडेल र भीमसेन रायमाझीले जित हात पारेका छन ।
आज सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसि सदस्यमा पनि निर्वाचन भएका छन । आईसिसि सदस्यको लागि उम्मेद्धारी दिएका मध्ये ६ जनाले आफ्नो पक्षमा मत पार्न सफल भएका छन । आईसिसि सदस्यको उम्मेद्धारी मध्ये नागोयाबाट दिपक कार्कीले जितेका छन भने क्युस्युबाट सुपेन्द्र घिसिङ्ग, लक्ष्मण बाँनिया, श्रबण कुमार सत्याल, नर बहादुर थापा र रोबिन प्रसाद प्रसाद शेरचनले जितेका छन ।
एनआरएनए जापान निर्वाचन परिणाम
https://secure.electionbuddy.com/results/9BYGQX6QDBCC


विश्व खबर 



















