काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायतले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ ।
अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियार अलग–अलग पार्टी चलाउने सहमतिमा पुगेका छन् ।
सहमतिअनुसार बाबुराम भट्टराईले प्रलोपा गठनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय बनाइएको छ, जसको नेतृत्व दुर्गा सोबले गर्नेछिन् ।
उक्त पार्टीको चुनाव चिह्न आँखा रहने सहमति भएको छ ।
सन्तोष परियारले भने प्रलोपालाई निरन्तरता दिनेछन् ।
प्रलोपालाई आँखाबाहेकको तीन रङ भएको नयाँ चुनाव चिह्न दिलाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यसअघि नै सुदन किराँती, ओजस्वी भट्टराईलगायतका नेताहरू पार्टी छाडिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















