images
images
  • यी हुन् बालेन सरकार असफल हुनुका १५ कारण (कारणसहित)

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै १५ बुँदे आरोप सार्वजनिक गरेको छ ।

    पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकार सम्मेलनमार्फत सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाए ।

    कांग्रेसले देवानगञ्ज घटनामा राज्य संयमित हुन नसकेको, गोली र दमनमार्फत उपस्थित भएको आरोप लगाउँदै स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

    भदौ २३–२४ को घटनाबारे पनि सर्वस्वीकार्य आयोग बनाउन नसक्नु सरकारको नैतिक असफलता भएको उसको भनाइ छ ।

    पार्टीले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान नभएको, सरकारी प्रतिवेदन सार्वजनिक नगरिएको र हतारमा पुनः जिम्मेवारी दिइएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ ।

    कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप, सञ्चारकर्मीमाथि निगरानी र त्रास सिर्जना गरिएको आरोप पनि लगाएको छ ।

    माइतीघरबाट पक्राउ परेका जेनजी अभियन्तालाई रिहा गर्न तथा प्रश्न गर्ने नागरिक र मिडियालाई दबाब दिने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरिएको छ ।

    राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र सम्बन्धित कम्पनीबीचको सम्बन्धबारे तथ्यसहित स्पष्ट जवाफ दिन कांग्रेसले सरकारलाई चुनौती दिएको छ ।

    पार्टीले जनविश्वास पुनर्स्थापना गर्न सरकारलाई राजनीतिक स्टन्ट होइन, पारदर्शिता र जवाफदेहिताको बाटो अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images