images
images
  • सांसद राजु पाण्डेको हर्कतबारे रक्षा बम भन्छिन्– राज्यका संस्थामाथि लगातारको प्रहारले देश कमजोर बन्दैछ

    काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमले राज्यका प्रमुख संस्थामाथि निरन्तर हुने अपमान र अविश्वासको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कर्मचारी, मन्त्री, सांसद, प्रहरी, प्रदेश, स्थानीय तह, न्यायपालिका र सेनासम्मलाई क्रमश: कमजोर बनाउने प्रवृत्तिले अन्तत: राष्ट्र नै कमजोर बन्ने चेतावनी दिएकी हुन् ।

    उनले राज्यका संस्थामाथि क्रमिक रूपमा प्रहार हुँदा धेरैले मौनता अपनाएको तर अहिले सेनामाथि समेत प्रश्न उठ्न थालेपछि अवस्था गम्भीर बनेको टिप्पणी गरेकी छन् । बमले संस्थाको निरन्तर अवमूल्यनले राज्यलाई प्रणालीगत असफलतातर्फ धकेल्ने दाबी गर्दै समयमै सचेत हुन आग्रह गरेकी छन् ।

    उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । कतिपयले यसलाई राज्य संस्थाको संरक्षणको पक्षमा आएको सशक्त सन्देश भनेका छन् भने केहीले फरक दृष्टिकोण पनि प्रस्तुत गरेका छन् ।

    rr

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजु पाण्डेले गोकर्णमा रहेको सेनाको ब्यारेकसँग जोडिएको पर्खाल भत्काउन डोजर लिएर आफैं पुगेका थिए । पाण्डेले त्यहाँ रहेका सैनिक अधिकृतलाई हप्कीदप्की समेत गरे दृश्य मंगलबार दिनभर चर्चाको विषय बन्यो ।

    सेनाका क्याप्टेन अमिरमान श्रेष्ठले पर्खाल नभत्काउन आग्रह गर्दा पाण्डेले करिडोरको बाटो खोल्न कसैलाई सोध्न नपर्ने र ब्यारेकको सुरक्षाभन्दा जनता ठूलो भन्ने तर्क गरेका थिए । पाण्डे एक्कासी डोजर लिएर पुगेको र सैनिकसँग सुरक्षाको विषयमा सवालजवाफ गरेको अहिले उनको आलोचना भइरहेको छ ।

    यस विषयलाई लिएर सेनाप्रमुख अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ सँग भेट गरिसकेका छन् भने प्रधानमन्त्रीको सचिवालयले उनलाई सचेत गराएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images