images
images
  • ओलीसँग वादविवादकै क्रममा ढले जगन्नाथ थपलिया

    काठमाडौं– एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा भएको छलफलकै क्रममा बोल्दाबोल्दै अचेत भएका छन् ।

    स्रोतका अनुसार, थपलियामाथि संसदीय दलको नेतृत्व छोड्न दबाब दिइएको थियो ।

    छलफलमा सहभागी अधिकांश सांसदले उनलाई नेतृत्व गर्न नसक्ने भन्दै राजीनामा दिन आग्रह गरेका थिए ।

    भावुक बनेका थपलिया पार्टीमा लामो योगदानपछि आफूलाई अयोग्य भनिएको भन्दै बोलिरहेकै बेला ढलेका हुन् ।

    अचेत भएपछि सांसदहरूले उनलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याएका थिए ।

    गुन्डुमा भएको छलफलमा १७ जना सांसद सहभागी रहेको र तीमध्ये अधिकांशले किरण थापामगरलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरिसकेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images