images
images
  • विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै

    काठमाडौं– नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ ।

    राजदूत रिक्त रहेका १६ दूतावाससहित चार वर्षे कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र राष्ट्र सङ्घीय नियोग भियनासमेत २१ नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्त प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    हाल १५ मुलुक र नियोगमा मात्र राजदूत छन् भने १६ मुलुक र नियोगमा राजदूत रिक्त छन् ।

    हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको सङ्ख्या २८ छ ।

    त्यसबाहेक संयुक्त राष्ट्र सङ्घको लागि स्थायी मिसन न्यूयोर्क, जेनेभा र भियना तथा आठ महावाणिज्य दूतावास आठ गरी ३९ मिसन रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुबेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएईमा राजदूत रहेका छन् ।

    त्यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका, स्पेनमा राजदूत रिक्त रहेको मन्त्रालयले जनाएको छ ।

    सरकारले यस आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका तीन राजदूतावास भने बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयका अनुसार हाल राजदूतको खुल्ला आवेदनबाट आएका आवेदनको अध्ययन भइरहेको छ ।

    त्यसमध्येबाट नै राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।

    खुला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images