images
images
  • ११ महिनादेखि कांग्रेस सांसद अमेरिकामा, तलब–भत्ता नियमति

    धनगढी– सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा ११ महिनादेखि सदनमा अनुपस्थित रहे पनि सांसदका रूपमा पाउने तलब र सेवा–सुविधा नियमित रूपमा पाइरहेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका देउवा गत भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएका थिए ।

    स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्ने भन्दै उनले चैतमा सभामुखलाई पत्र पठाएका थिए ।

    तर त्यसपछि पनि उनी नेपाल फर्किएका छैनन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा रहेका उनी कैलाली–५ (२) बाट निर्वाचित सांसद हुन् ।

    प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाबाट अन्यथा निर्णय नभएसम्म तलब र सुविधा रोक्न मिल्दैन ।

    नियमावलीअनुसार लगातार १० बैठकमा सूचनाविना अनुपस्थित भए पद रिक्त हुन सक्छ, तर देउवाले ८ बैठकपछि सूचना पठाएकाले प्रक्रिया अघि नबढेको सभामुखले बताएका छन् ।

    यसबीच, कैलालीका मतदाताले भने डुबान, सडक र खानेपानीजस्ता समस्या उठाउने आफ्नो प्रतिनिधि लामो समयदेखि विदेशमा रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images