images
images
  • एनआरएनए यूकेको कार्यकारिणी सदस्यको उम्मेदवार बालकृष्ण दाहालको लोकप्रियता बढ्दै (भिडियोसहित)

    युके-एनआरएनए यूकेको आसन्न निर्वाचनमा कार्यकारिणी सदस्यको उम्मेदवार बालकृष्ण दाहालको लोकप्रियता बढ्दै गएको दावी गरेका छन् ।

    आफ्नो निर्वाचन अजेण्डा अरुकोभन्दा भिन्न भएकाले पछिल्लो समयमा उनलाई साथ दिने धेरै भएको उनले बताएका छन्। उनी भन्छन् “जब मैले आफ्नो उमेदवारी दिने घोषणा गरें, त्यो दिनबाट आजसम्म मलाई देश विदेशबाट साथ सहयोग र शुभकामना दिदेहरुको संख्या बढ्दै गएको छु।”

    दाहाल पेन्नी फर नेपालका संस्थापक सदस्य तथा बोर्ड मेम्बेरपनि हुन्। उनले हालसालै आफ्नो संस्था र व्यक्तिगत सहयोगमा बढ्दै गएको विश्व महामारी कोभिड–१९ को संक्रमितहरुलाई मध्यनजर गर्दै नेपाललाई १२ ओटा ओक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका थिए। साथै दाहालले नेपालमा आएको कोभिड–१९ को पहिलो लहरमा आर्थिक समस्या परेर दैनिकी गुजारा गर्न असमर्थहरुलाई राहत वितरण गरेका थिए भने दोस्रो लहरमा व्यक्तिगत सहगोग गरि कागेश्वरी मनहरा अस्पतालमा ओक्सिजन सिलिन्डर प्रदान गरेका थिए।

    दाहालको सामाजिक कार्यको पृष्ठभूमिः

    दहालले २००९ भन्दा अगाडिबाट नै नेपालमा रहेका असहाय, दीनदुखी, र रोगीहरुको उपचारमा सहयोग गर्दै आएको पाइन्छ । नेपालमा विनाशकारी भुकम्प समेत विभिन्न ठाउँबाट सहयोग संकलन गरेर नेपालमा पठाएका थिए। उनले नेपालमा अपाङ्ग र मिर्गौला रोगीको उपचारको निम्ति बार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएका छन्। उनले नेपालमा हालचालै आफ्नो संस्थाको सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको निर्माण गरेका छन। उनी भन्छन बाल९बालिका भनेका देशका खम्बा हुन्, खम्बालाई बलियो बनाउने जिम्मा हाम्रो हो। येही कुरालाइ मध्यनजर गर्दै दाहाल युकेमा पनि बाल९बालिकालाइ प्राथमिकता दिएका छन्। उनले आफ्नो चुनाबी अजेण्डमा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीलाई पनि समेटेर आफ्नो देशप्रति लगाब बढाउन र भाबी दिनमा उनीहरु कै नेतृत्वमा संघ निर्धक्क भएर हस्तान्तरण गर्न तयारी पनि गर्ने उल्लेख गरेका छन।

    दाहाल भन्छन् -यदि आफुले यो निर्वाचनमा जित हासिल गरे गैर–आवासीय नेपाली संघमा आर्थिक पारदर्शिता गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने, आफ्नो कला संस्कृति बचाउन, युकेमा रहेका दोस्रो पुस्तालार्इ सामाजिक कार्यको महत्त्वो र देश प्रति लगाब बढाउने र गैर–आवासीय संस्थाको हितमा काम गरेर संस्थालाई समृद्धि र बिकाश उन्मुख गर्ने उनको उदेश्य भएको बताएका छन्। यो अभियानमा साथ दिन सबै युके मा रहेका नेपालीलाई हार्दिक अनुरोध गर्दै र आफुलाई आत्यधिक मतले विजय गराउन अपिल समेत गरका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images