images
images
  • आँधी–हुरीका कारण ११ जनाको मृत्यु

    काठमाडौं– मध्यचीनको हुबेई प्रान्तको पूर्वी भागमा गम्भीर मौसमी प्रकोपका कारण आएको आँधीबेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

    अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी९बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ ।

    आँधीका कारण २२ वटा भवनहरू पुर्ण रुपमा क्षेति गराउनुका साथै क्षेत्रका अन्य चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।

    प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    प्रान्तीय सरकारले पूर्ण उद्धार तथा राहत कार्यहरू सुरु गरिसकको र थप प्रकोप रोक्ने प्रयास गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images