images
images
  • पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ दिनभित्रै हाजिर हुन अल्टिमेटम

    काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

    सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरस्थित विभागको कार्यालयमा हाजिर हुन विभागले निर्देशन दिएको हो ।

    तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

    जयवीरसहित देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको बताइएको छ ।

    Screenshot 2026 07 07 073948 Am2qMhy9b3

    प्रतिक्रिया दिनुहोस्
    images
    images