images
images
  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत असार १ देखि ९ गतेसम्म सञ्चालन गरिएको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डका अनुसार परीक्षाका लागि १ लाख ४८ हजार ५०७ जना विद्यार्थीले आवेदन दिएका थिए ।

    तीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए ।

    सहभागीमध्ये ८३ हजार ५२३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षाफल बोर्डले तोकेका २० वटा संस्थाका वेबसाइट, आईभीआर तथा एसएमएस यूएसएसडी सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

    बोर्डले नतिजामा चित्त नबुझेका परीक्षार्थीका लागि पुनःपरीक्षण आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने जनाएको छ ।

    नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिए आवश्यक सुधार गरिने पनि बोर्डले स्पष्ट पारेको छ ।

    त्यस्तै, परीक्षार्थीको नाम, उमेर, ठेगाना लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित जिल्ला शिक्षा अधिकारीमार्फत सच्याउन सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

    यस वर्षको पूरक परीक्षामा अनियमितता गरेको ठहर भएपछि ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images