images
images
  • रविको निर्देशन नमाने बालेनलाई हटाउने रास्वपा विधानमै व्यवस्था

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संशोधित विधानले पार्टी सभापतिलाई संसदीय दलमाथि थप अधिकार दिएको छ ।

    नयाँ व्यवस्थाअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन संसदीय दल, दलका नेता र सांसदहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

    विधानको दफा ६८(१–ङ) अनुसार सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

    सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने तथा संसदमा पार्टीको नीति र निर्णय कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने अधिकार पनि विधानले दिएको छ ।

    यस व्यवस्थाअनुसार सभापति रवि लामिछाने ले दिएको नीतिगत निर्देशन अवज्ञा गरे संसदीय दलका नेता तथा सांसदमाथि कारबाही हुन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images