images
images
  • १४ सय ४१ सुकुम्बासीले पाए पैसा, निवेदन नदिनेले पाएनन्

    काठमाडौं– उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका १,४४१ सुकुम्बासी परिवारले आइतबार साँझसम्म सरकारले उपलब्ध गराएको स्वव्यवस्थापन राहत रकम बुझेका छन् ।

    बागमती सभ्यता एकीकृत विकास आयोजनाका अनुसार शुक्रबारसम्म आधाभन्दा कमले मात्र निवेदन दिएपछि म्याद दुई दिन थपिएको थियो ।

    आइतबारसम्म निवेदन दिनेहरूले असार २४ गतेसम्म रकम पाउनेछन् भने त्यसपछि निवेदन नदिनेहरूले राहत नपाउने जनाइएको छ ।

    सरकारले यस प्रयोजनका लागि करिब १८ करोड रुपैयाँ छुट्याए पनि हालसम्म ३ करोड ५५ लाख ७५ हजार रुपैयाँ मात्रै वितरण भएको छ ।

    सुकुम्बासीलाई सुरुमा २५ हजार रुपैयाँ एकमुष्ट र प्रमाणित भएपछि केही महिनासम्म मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ ।

    डोजर अभियानपछि विस्थापित भएका २,६०८ परिवारमध्ये हालसम्म आधाभन्दा कमले मात्रै राहत रकम बुझेका छन् ।

    होल्डिङ सेन्टर र होटलमा बस्नेहरूको असार १९ गतेसम्मको खर्च सरकारले व्यहोर्ने भए पनि त्यसपछिको खर्च सम्बन्धित परिवारले आफैं बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images