images
images
  • कारागारमा झडप : १९ जनाको मृत्यु, ५० जना घाइते

    काठमाडौं– श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

    प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

    आइतबार दिउँसो करिब १ बजे कैदीका दुई समूहबीच झडप भएपछि घटना सुरु भएको थियो ।

    स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः हिंसा भड्किएको बताइएको छ ।

    मृतक तथा घाइतेमध्ये कारागारका अधिकारी र सुरक्षाकर्मीहरू पनि रहेको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images