images
images
  • बालेनले ओली शैलीमा गरे राज्य संयन्त्रमा रास्वपा कार्यकर्ता भर्ती

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यपालिका, व्यवस्थापिका र संवैधानिक निकायहरूमा आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरेको विश्लेषण सार्वजनिक भएको छ ।

    रास्वपाले सरकार गठनसँगै प्रतिनिधिसभामा सभामुख, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस, निर्वाचन आयोगमा नयाँ नेतृत्व, विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा विभिन्न संवैधानिक निकायमा आफ्ना अनुकूल व्यक्तिहरू ल्याउने प्रक्रिया अघि बढाएको दाबी गरिएको छ ।

    मुख्यसचिव, अख्तियार, मानव अधिकार आयोग र लोक सेवा आयोगमा पनि निकट भविष्यमा नेतृत्व परिवर्तन हुने भएकाले राज्य संयन्त्रमा थप प्रभाव विस्तार गर्ने तयारी भइरहेको विश्लेषण छ ।

    आलोचकहरूले यसलाई राज्यका प्रमुख संस्थामाथि वैधानिक रूपमा नियन्त्रण स्थापित गर्ने प्रयासका रूपमा हेरेका छन् ।

    उनीहरूको भनाइमा संसद्, न्यायपालिका र संवैधानिक आयोगहरूको स्वतन्त्रता कमजोर हुने जोखिम बढेको छ ।

    यता समर्थकहरू भने यी नियुक्ति र निर्णयहरू संविधान तथा कानुनअनुसार भएको भन्दै यसलाई सरकारको नियमित अधिकारको प्रयोग भएको तर्क गर्छन् ।

    यसरी सय दिनमै बालेन सरकारको शक्ति विस्तारलाई कतिपयले २०७४ पछि केपी शर्मा ओली नेतृत्वको सरकारको शैलीसँग तुलना गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images