काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीमा दुई वा सोभन्दा बढी ‘वरिष्ठ नेता’ राख्न सकिने व्यवस्था गरेको छ ।
चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट पारित विधानअनुसार पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र लामो राजनीतिक योगदानका आधारमा सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेता मनोनयन गर्न सक्नेछ ।
विधानले वरिष्ठ नेताको मर्यादाक्रम सभापतिपछिको दोस्रो स्थानमा रहने व्यवस्था गरेको छ ।
एकभन्दा बढी वरिष्ठ नेता भए उनीहरूको मर्यादाक्रम भने केन्द्रीय समितिले तय गर्नेछ ।
महाधिवेशनअघि रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा लिने तयारी गरेको थियो ।
महाधिवेशनपछि पदाधिकारी मनोनयन भइनसके पनि बालेनलाई वरिष्ठ नेता बनाउने सहमति भएको बताइँदै आएको छ ।
नयाँ व्यवस्थाअनुसार बालेनसँगै अन्य नेताहरूलाई पनि वरिष्ठ नेता बनाउन सकिने बाटो खुलेको छ ।























