images
images
  • खुट्टा भाँच्ने मन्त्रीको शृंखलाबद्ध चेतावनी– ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरमाथि कारबाही गर्छौं’

    काठमाडौं– पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काम नगर्ने प्रदेशमन्त्रीलाई ‘थुन्ने’ र गैरजिम्मेवार मेयरमाथि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

    तनहुँको शुक्लागण्डकीमा आइतबार आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिले नागरिकको सेवा गर्नुपर्ने भन्दै, काम नगर्ने वा जनतालाई दुःख दिने पदाधिकारीबारे जानकारी दिन आग्रह गरे ।

    ‘यदि मेयरले जनताको काम गर्नुभएन भने कारबाही गर्छौं । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं,’ उनले भने ।

    यसअघि पनि लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेका थिए ।

    अहिले प्रदेशमन्त्रीलाई ‘थुन्ने’ सम्बन्धी उनको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images