images
images
  • उत्तर कोरियाद्वारा नयाँ विध्वंसक विमानको परीक्षण

    काठमाडौं– उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

    नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गरेको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो ।

    यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि पछि मर्मत गरिएको थियो ।

    कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएअनुसार, परीक्षण शुक्रबार भएको हो ।

    यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो ।

    त्यस कमिसनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र नयाँ १० हजार टनका युद्धपोतहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कमिसनिङ भनेको योजना र डिजाइनदेखि वास्तविक निर्माण, कार्यान्वयन वा स्थापनासम्मका सबै सञ्चालन घटकहरू जसरी काम गर्नुपर्ने हो त्यसरी नै काम गरिरहेको छ भनी सुनिश्चित गर्ने विधिगत दृष्टिकोण हो ।

    यसको उद्देश्य निरीक्षण, दस्तावेजीकरण र परियोजनाको प्रगति परियोजना मालिकको आवश्यकता र विशिष्टताहरूसँग बराबर छ कि छैन भनेर प्रमाणित गर्नु हो ।

    शुक्रबारको हतियार परीक्षणपछि किमले ‘विध्वंसक जहाजको परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक पूरा गर्न र दुई महिनाभित्र नौसेनालाई सुम्पन’ निर्देशन दिएको केसीएनएले जनाएको छ ।

    केसीएनएले जारी गरेको फोटोमा पहेँलो टोपी लगाएका किम समुद्री टापुको एक अग्लो बिन्दुबाट हतियार परीक्षण हेर्दै गरेको देखिनुभएको छ भने उनको दायाँबायाँमा सैनिक अधिकारीहरू रहेका देखिन्छ ।

    अर्को फोटोमा काङ कोनले समुद्रमा मिसाइल प्रक्षेपण गर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।

    निरिषणपछि देशको ‘युद्ध निरोधक क्षमता’लाई मजबुत बनाउनुपर्ने दोहो¥याउँदै किमले उत्तर कोरियाको ‘पूर्ण शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको केसीएनएले उल्लेख गरेको छ ।

    काङ कोन गत वर्ष मे महिनामा दुर्घटनामा परेको थियो। किमको प्रत्यक्ष उपस्थितिमा पानीमा परीक्षण गर्दा आंशिक रूपमा पल्टिएर क्षति भएको थियो ।

    किमले दुर्घटनाको लागि ‘पूर्ण लापरवाही’ र ‘जिम्मेवारीहीनता’लाई दोष दिँदै दोषीहरूलाई कारबाही गर्न आदेश दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images