images
images
  • बालेन सरकारविरुद्ध कांग्रेस, एमाले र नेकपाको मोर्चाबन्दी किन ?

    काठमाडौं– प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाले बालेन शाह नेतृत्वको सरकारलाई संसद् र सडक दुवैबाट घेराबन्दी गर्ने रणनीति बनाएका छन् ।

    आन्तरिक विवादका बाबजुद संविधान, संघीय लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि साझा मुद्दामा सहकार्य गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

    तीन दलले सरकारका गतिविधि संविधान, विधि र प्रक्रियाविपरीत उन्मुख भएको आरोप लगाउँदै आवश्यक परे संयुक्त आन्दोलनसमेत गर्ने संकेत दिएका छन् ।

    एमालेका युवराज ज्ञवालीले सरकारका केही गतिविधि स्वेच्छाचारी देखिएको बताए भने कांग्रेस महामन्त्री प्रदीप पौडेलले संघीयता र संसदीय व्यवस्थामाथि चुनौती सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए ।

    नेकपाका प्रवक्ता प्रकाश ज्वालाले संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा जनसरोकारका मुद्दामा संविधान पक्षधर शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए ।

    यद्यपि तीन दलबीच औपचारिक एजेण्डागत छलफल भने अझै हुन बाँकी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images