काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग दुई देशबीचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार सीले किमको बधाई सन्देशको जवाफ दिँदै दुई कम्युनिस्ट पार्टीबीचको सहकार्यलाई अझ सुदृढ बनाइने बताएका हुन् ।
सीले दुवै देशबीच भएको साझा समझदारी कार्यान्वयन गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याइने उल्लेख गरेका छन् ।
किमले पनि बेइजिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उत्तर कोरियाको अटल प्रतिबद्धता दोहोर्याए ।
रूससँग उत्तर कोरियाको सुरक्षा सहकार्य बढिरहेका बेला आएको यो सन्देशलाई चीन–उत्तर कोरिया सम्बन्ध अझ सुदृढ पार्ने संकेतका रूपमा हेरिएको छ ।
चीन हाल पनि उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















