images
images
  • अब सरकारले ज्येष्ठ नागरिकलाई भत्ता नदिने, व्यवसाय गर्नुपर्ने बाध्यता

    काठमाडौं– सरकारले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ को मस्यौदा तयार गरेको छ ।

    प्रस्तावित नीतिले ज्येष्ठ नागरिकलाई राष्ट्रको अनुभव र ज्ञानको स्रोतका रूपमा उपयोग गर्दै उनीहरूको जीवनलाई सम्मानजनक, सुरक्षित र सक्रिय बनाउने लक्ष्य राखेको छ ।

    मस्यौदाअनुसार स्थानीय तहमा बुढ्यौली शिक्षा तथा ज्येष्ठ नागरिक साक्षरता अभियान सञ्चालन गरिनेछ ।

    अभियानमार्फत स्वस्थ बुढ्यौली, मानसिक स्वास्थ्य, डिजिटल साक्षरता, मोबाइल बैंकिङ र अनलाइन सेवा प्रयोगसम्बन्धी तालिम प्रदान गरिनेछ ।

    योग्य र सक्रिय ज्येष्ठ नागरिकलाई स्थानीय तहमा सल्लाहकार तथा विषयविज्ञ का रूपमा अवसर दिइनेछ ।

    व्यवसाय गर्न चाहने ज्येष्ठ नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने तथा उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरणमा पनि सहयोग गरिने प्रस्ताव छ ।

    नीतिले आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई स्वेच्छाले वृद्धभत्ता नलिन प्रोत्साहन गर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

    भत्ता त्याग गर्ने नागरिकलाई वार्षिक रूपमा विशेष सम्मान गरिने उल्लेख गरिएको छ ।

    साथै, अशक्त, असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि घुम्ती सेवा, स्याहारकर्ता तालिम, नागरिकता प्राप्तिमा सहजीकरण तथा सामाजिक सुरक्षा सुविधालाई थप सरल र प्रभावकारी बनाउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images