images
images
  • खामेनीको शोकमा सिंगो इरान रोएको देखेर भावुक बने : ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोकमा ठूलो संख्यामा मानिसहरू रोएको देखेर आफू छक्क परेको बताएका छन् ।

    अमेरिकी सञ्चारमाध्यम एक्सियससँगको कुराकानीमा ट्रम्पले इरानी नागरिकहरू खामेनीलाई मन नपराउने आफ्नो बुझाइ रहेको भन्दै शोक समारोहमा देखिएका आँसु ‘नक्कली पनि हुन सक्ने’ टिप्पणी गरे ।

    उनले अमेरिकाले चाहेको खण्डमा समारोहमा उपस्थित आफ्ना लक्ष्यहरूलाई आक्रमण गर्न सक्ने भए पनि त्यसो नगरेको दाबी गरे ।

    साथै, इरानकै अनुरोधमा खामेनीको साताव्यापी शोक समारोहका क्रममा तेहरानमा कुनै आक्रमण नगर्ने निर्णय गरेको पनि ट्रम्पले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images