images
images
  • कांग्रेस सर्वोच्च जाँदैछ किन ?

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

    कांग्रेस सभापति गगन थापाले नियमावलीमा समावेश संविधान संशोधनसम्बन्धी व्यवस्था तथा फौजदारीबाहेक अन्य मुद्दामा सांसदलाई कानुनी कारबाहीबाट जोगाउने प्रावधान संविधानसम्मत भए–नभएको विषयमा वरिष्ठ कानुनविद्हरसँग परामर्श गरिरहेका छन् ।

    महामन्त्री प्रदीप पौडेलका अनुसार अदालत जाने वा नजाने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

    कांग्रेसभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभाका संसदीय दलले छुट्टाछुट्टै वा संयुक्त रूपमा रिट दायर गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ ।

    विपक्षी दलहरूले नियमावलीको दफा २५९ मा रहेको ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि’ भन्ने वाक्यांश संविधानविपरीत रहेको दाबी गर्दै आएका छन् ।

    भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत गम्भीर अभियोग लागेका सांसदलाई निलम्बनबाट जोगाउने उद्देश्यले नियमावली ल्याइएको आरोप विपक्षीको छ ।

    उक्त नियमावली विपक्षी दलको अवरोधका बीच जेठ १७ गते प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images