काठमाडौं– नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार महिला, दलित, आदिवासी–जनजातिलगायतले संविधानमार्फत प्राप्त गरेका अधिकार खोस्ने प्रयासमा रहेको दाबी गर्दै त्यसविरुद्ध सबैलाई जुर्मुरिन आह्वान गरे ।
प्रचण्डले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी तथा ट्रेड युनियनका अधिकार कटौती गर्ने र राष्ट्रिय सीमाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप पनि लगाए ।
साथै, विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्नु आफ्नो गम्भीर कमजोरी रहेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्






















