images
images
  • सरकारका १०० दिनबारे गगनको टिप्पणी– संवेदनशील विषयमा ‘लफंगो’ शैलीमा बोल्नु चिन्ताजनक

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका सय दिनको समीक्षा गर्दै मन्त्रीहरूले संवेदनशील विषयमा गैरजिम्मेवार र असंवेदनशील अभिव्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।

    उनले प्रदेशको नाम, भाषा, समावेशिता र अधिकारजस्ता विषयमा सरकारका मन्त्री तथा सत्तारूढ दलका नेताहरूले फरक–फरक र हचुवाका अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै यसले अनावश्यक विवाद र तनाव निम्त्याउन सक्ने चेतावनी दिए ।

    थापाले संविधान संशोधन आवश्यक भए पनि पर्याप्त तयारी, संवेदनशीलता र सहमतिका आधारमा मात्र अघि बढाउनुपर्नेमा जोड दिँदै ‘जे मन लाग्यो त्यही बोल्ने र गर्ने ‘लफंगो’ शैली चिन्ताको विषय हो,’ भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images