images
images
  • चीन–रूसद्वारा संयुक्त नौसैनिक अभ्यास र सामुद्रिक गस्ती

    काठमाडौं– चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन् ।

    चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी–२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन् ।

    विज्ञप्तिअनुसार अभ्यास सम्पन्न भएपछि दुवै पक्षका केही नौ सैनिक इकाइले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती पनि सञ्चालन गर्नेछन् ।

    मन्त्रालयले यस अभ्यासलाई दुई देशबीचको वार्षिक सैन्य सहयोग योजनाको हिस्सा बताउँदै यसले सुरक्षा चुनौतीको सामना गर्न तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्‍याउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images