images
images
  • टोकियो ओलम्पिकः आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

    काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

    गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

    सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    तर, उनी हिट चरणबाटै बाहिरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images