images
images
  • राप्रपा फुट उन्मुख : नयाँ पार्टी बनाउँदै धवलशमशेर राणा

    काठमाडौं– राप्रपाका पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले नेता–कार्यकर्तालाई पार्टी विभाजनतर्फ नलागी संगठन निर्माणमा जुट्न आह्वान गरेका छन् ।

    महामन्त्री धवलशम्शेर राणा नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चा चलिरहेका बेला तीन नेताले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको भविष्य उज्ज्वल रहेको र एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनीहरूले तोकिएकै समयमा महाधिवेशन हुने विश्वास व्यक्त गर्दै पार्टीभित्रका समस्या र चुनौतीहरूको समाधान महाधिवेशनबाट हुने भएकाले पार्टी नछाड्न तथा कुनै आत्मघाती कदम नचाल्न आग्रह गरेका छन् ।

    यसका लागि छलफल हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images