images
images
  • बालेन सरकार गठन भएयता मृत्युदर उच्च : एकैदिन ८ जनाको मृत्यु, १३९ जना घाइते

    काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।

    उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ ।

    कोशी प्रदेशमा एकै दिन ८३ जना घाइते भएका छन् भने कुनै मानवीय मृत्यु भएको छैन ।

    त्यसपछि मधेश प्रदेशमा २८ जना, काठमाडौं उपत्यकामा २५ जना, लुम्बिनी प्रदेशमा १६ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना, बागमती प्रदेशमा ९ जना र कर्णाली प्रदेशमा ६ जना घाइते भएका छन् ।

    मृतकको संख्या भने काठमाडौं उपत्यका र मधेश प्रदेशमा बढी देखिएको छ ।

    काठमाडौंमा १ जनाको तथा मधेश प्रदेशमा १ जनाको मृत्यु भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

    अन्य प्रदेशमा मृत्यु शून्य रहेको तथ्यांकले देखाएको छ ।

    प्रदेशगत विवरणअनुसार :

    कोशी प्रदेश : मृत्यु ०, घाइते ८३
    मधेश प्रदेश : मृत्यु १, घाइते २८
    बागमती प्रदेश : मृत्यु ०, घाइते ९
    काठमाडौं उपत्यका : मृत्यु १, घाइते २५
    गण्डकी प्रदेश : मृत्यु ०, घाइते ०
    लुम्बिनी प्रदेश : मृत्यु ०, घाइते १६
    कर्णाली प्रदेश : मृत्यु ०, घाइते ६
    सुदूरपश्चिम प्रदेश : मृत्यु २, घाइते ११

    देशभर भएका दुर्घटनाबाट कुल ८ जनाको ज्यान गएको र १३९ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

    तथ्यांकले विशेषगरी पूर्वी नेपाल तथा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट घाइते हुनेको संख्या उच्च रहेको देखाएको छ ।

    सडक सुरक्षासम्बन्धी सचेतना, सवारी साधनको नियमित प्राविधिक परीक्षण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिन सरोकारवाला निकायले आवश्यकता औँल्याएका छन् ।

    हाल वर्षायाम सुरु भएसँगै सडक चिप्लो हुने, दृश्यता कम हुने तथा सवारी चाप बढ्ने कारण दुर्घटनाको जोखिम समेत बढेको बताइएको छ ।

    710746190 1505755417961303 6421199227320832179 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images