काठमाडौं– अमेरिकाको भर्जिनिया राज्यबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको घटनामा झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण फेला परेको छ ।
अनुसन्धानका क्रममा बरामद गरिएको एउटा आरामा मानव कपाल र रौँका टुक्रा भेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
तीमध्ये तीनवटा कपाल डीएनए परीक्षणका लागि उपयुक्त देखिएकाले थप विश्लेषण भइरहेको छ ।
ममताका श्रीमान् नरेश भट्टविरुद्ध हत्या र शव लुकाएको अभियोगमा मुद्दा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















