images
images
  • डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी यथावत्

    काठमाडौं– डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण गरेको छ ।

    भैँसेपाटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा डिशहोमका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल र रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    कम्पनीले युवा पुस्तासँगको सम्बन्ध थप मजबुत बनाउन तथा डिजिटल जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ ।

    डिशहोमले आगामी डिजिटल अभियान, ग्राहक केन्द्रित सेवा र मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्ने जनाएको छ ।

    सम्झौता नवीकरणपछि रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गर्दै नेपाली दर्शक र डिजिटल प्रयोगकर्तासँग अझ नजिक हुने विश्वास व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images