images
images
  • सरकारी कर्मचारीको तलब बढ्यो

    काठमाडौं– सरकारले चार वर्षपछि कर्मचारीको तलब बढाएको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको जानकारी दिए ।

    कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ताको पनि व्यवस्था गरिएको उनले बताए ।

    महँगी भत्ता यथावत् राखिँदा कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने र ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि पुग्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images