काठमाडाैं- जनकपुरधाममा मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले प्रदेशसभामा २७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सरकारले कृषिलाई प्राथमिकतामा राख्दै ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारासहित उत्पादनमुखी नीति अघि सारेको छ। साथै ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमा जोड दिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ नारा अघि सार्दै प्रांगारिक मलको प्रयोगलाई प्राथमिकता दिने, विषादीको प्रयोग निरुत्साहित गर्ने तथा माटो परीक्षणलाई प्रभावकारी बनाउने नीति पनि समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्






















