images
images
  • गणतन्त्र दिवस रवि–बालेनले लत्याए, मानेनन् बोल्न

    काठमाडौं– गणतन्त्र दिवसको १९औँ वर्षगाँठका अवसरमा पहिलो पटक कार्यकारी प्रमुखले सम्बोधन गर्ने परम्परा तोडिएको छ ।

    सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरे, जबकि प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रममा उपस्थित भए पनि सम्बोधन गरेनन् ।

    उनले राष्ट्रपति स्वयंलाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरेका थिए ।

    राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै राज्यको चरित्र, आचरण र मूल्य–मान्यतामा पनि सुधार आवश्यक रहेको बताए ।

    यसअघि गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

    तर यसपटक त्यो परम्परा नदोहरिँदा राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेले पनि शुभकामना नदिएको विषयले थप चर्चा पाएको छ ।

    आलोचकहरूले यसलाई व्यवस्थाप्रति उदासीनता वा दूरीको संकेतका रूपमा व्याख्या गरेका छन् ।

    एमाले, कांग्रेस र अन्य दलका नेताहरूले भने यस्तो अभ्यास तोडिनु उपयुक्त नभएको टिप्पणी गर्दै यसले राज्यका परम्परा र संस्थागत अभ्यास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन् ।

    सरकार पक्ष र रास्वपाले भने औपचारिक प्रतिक्रिया नदिएका छन् ।

    गणतन्त्र स्थापना भएको दुई दशक नजिकिँदै गर्दा राज्य सञ्चालन शैली र राजनीतिक अभ्यासबारे नयाँ बहस चर्किएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images