images
images
  • सहमतिमा हस्ताक्षरबिनै इरान–अमेरिकाबीच ६० दिन युद्धविराम

    काठमाडौं– अमेरिका र इरानबीच जारी युद्धविराम ६० दिन थप्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    रोयटर्सका अनुसार हर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सहज बनाउने र आणविक कार्यक्रमलगायत विषयमा वार्ता जारी राख्ने समझदारी बनेको हो ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता निकै नजिक पुगेको बताएका छन् भने इरानले मस्यौदा अझै अन्तिम रूप नपाएको जनाएको छ ।

    प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी तेलमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने र बन्दरगाह नाकाबन्दी हटाउने उल्लेख छ ।

    तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति आउन बाँकी छ ।

    तीन महिनादेखिको तनावपूर्ण द्वन्द्वपछि यो सम्भावित सहमति शान्तितर्फको ठूलो कदम मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images