images
images
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, सात बुँदे सहमति सार्वजनिक

    काठमाडौं – उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ। समान विचार, उद्देश्य र राष्ट्रसेवाको साझा लक्ष्यलाई अघि बढाउने प्रतिबद्धतासहित दुई दलबीच एकता घोषणा गरिएको हो।

    पार्टी समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

    दुवै दलबीच भएको सहमतिमा सात बुँदे समझदारी उल्लेख गरिएको छ। सहमतिअनुसार पार्टी एकतालाई पूर्णता दिँदै नेता तथा कार्यकर्ताको व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने जनाइएको छ।

    दुवै पक्षले सहकार्य र एकतामार्फत राष्ट्रिय हित, सुशासन तथा जनसेवामा केन्द्रित राजनीतिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images